होली मिलन तथा शुभकामना आदानप्रदान

चैत ७, रुपन्देही । आपसी सदभाव, मेलमिलाप र खुशी साटासाट गरी रुपन्देहीसहित तराईका जिल्लामा आज फागु अर्थात् होली पर्व मनाइँदैछ ।

होली पर्वको अवसरमा आज जिल्लाका विभिन्न सङ्घसंस्थाले होली मिलन कार्यक्रम आयोजना गरेका छन् । नेपालपत्रकार महासङ्घ रुपन्देही शाखाले कार्यालय परिसरमा होली मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ ।

रङको पर्व भनिने होलीमा परिवार, इष्टमित्र तथा साथीभाइबीच एकापसमा विभिन्न रङ दलेर खुशीयाली साटासाट गरिन्छ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । होलीमा प्रयोग गरिने रङको आ–आफ्नै महत्व रहेको छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान् विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान् गणेशलाई सबै रङ मनपर्ने र रातो रङलाई शक्ति तथा सौभाग्यको सूचक मानिन्छ । अन्यायमाथि न्यायको विजयको प्रतीकका रुपमा हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वमा विजयको उमङ्गका रुपमा रङ खेल्ने गरिन्छ ।

दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त पुत्र प्रल्हादलाई मार्ने उद्देश्यले ब्रम्हाबाट आगोले समेत जलाउन नसक्ने बरदान पाएकी बहिनी होलिकालाई प्रल्हादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रल्हादलाई आगोले छुन नसकेकाले असत्यको बध भएको दिनको सम्झनामा होली मनाइने गरिएको धर्मशास्त्रमा उल्लेख छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.