मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा फागु

चैत ६, विराटनगर प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फागु पर्व (होली) ले सबै नेपालीबीच एकता र सामाजिक सद्भाव कायम गर्न सफलता मिलोस् भनि शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज आयोजित होली पर्व–२०७५ शुभकामना आदानप्रदान कार्यक्रममा उहँले भन्नुभयो, “यो पर्वले सबैलाई सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न प्रेरणा मिल्नेछ ।” मुख्यमन्त्री राईले विविध चाडपर्व तथा संस्कृतिको संरक्षण गरेर समृद्धितर्फको यात्रामा अगाडि बढ्नु हामी सबैको दायित्व हो भन्नुभयो ।

 

प्रमुख सचिव केदार न्यौपानेले सरकारले देश विकास गर्न लिएको संकल्प पूरा गर्न सबैले एकजुट भएर अघि बढ्न पर्वले प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश प्रमुख प्रा डा गोबिन्दबहादुर तुम्वाहाङ, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो, सामाजिक विकासमन्त्री जीवन घिमिरे, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियत, मन्त्रालयका सचिवहरु, प्रमुख जिल्ला अधिकारीहरु, प्रदेश प्रहरी प्रमुख, जिल्ला समन्वय समितिका संयोजकहरु, प्रहरी उपरीक्षकहरु, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका नेता तथा प्रतिनिधिहरु, वित्तीय तथा वाणिज्य क्षेत्रका प्रतिनिधिहरु र राष्ट्रसेवक कर्मचारीको बाक्लो उपस्थिति रहेको थियो । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.