मृतककाे संख्या हजार नाघ्याे

चैत ०५, एजेन्सी । अफ्रिकी मुलुक मोजाम्बिकमा ‘इडाई’ नामक खतरनाक समुद्री आँधीका कारण मृत्यु हुनेको संख्या १ हजार नाघेकाे छ । त्यहाँका राष्ट्रपति फिलिपे नुसीले मृतककाे संख्या १ हजार नाघेकाे हुन सक्ने बताए पनि यकिन तथ्यांक आउन सकेकाे छैन ।

प्रतिघण्टा १७७ किलोमिटरको वेगमा आएको आँधीले बन्दरगाह शहर बेयरामा सबैभन्दा धेरै क्षति पु¥याएको छ । बिहीवारदेखि नै त्यहाँ मुसलधारे वर्षासहितको आँधीले क्षति पु¥याए पनि सो शहरमा आइतवारबाट उद्दारकर्मी पुगेका छन ।

त्यसपछि मात्रै सो आँधीले मच्चाएको विध्वसंको विवरण बाहिर आएको हो । बेयराको निरीक्षणमा गएका राष्ट्रपति नुसीले आँधीले ठूलै विध्वस गरेको बताए । हवाई निरीक्षणको क्रममा बाढीको भेलमा मानिसहरूको शव तैरिरहेको देखेको बताए ।

झण्डै पाँच लाख मानिसको बसोवास गर्दै आएको बेयरा ९० प्रतिशत शहर ध्वस्त भएको बताइएको छ । बेयरामा आँधीले क्षति नपु¥याएको घर भेट्न मुस्किल परेको उद्दारकर्मीहरुले जनाएका छन ।

उद्दारकर्ताहरूले शहरबाहिर झनै विकराल समस्या भएको हुनसक्ने बताएका छन । धेरै ठाउँमा बिजुली र सञ्चार सम्पर्क टुटेको छ । सडकहरू सहित धेरै ठाउँमा जमिन भासिएका छन जसका कारण राहत कार्य झन चुनौतीपूर्ण हुने बताइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.