काठमाडौंसहित तीन जिल्लामा सवा लाख कुखुरा मारियो

चैत ०५, काठमाडौं । मुलुकका तीन जिल्लामा पालेका कुखुरामा बर्डफ्लुको संक्रमण देखिएको छ।मकवानपुर, काठमाडौंर पोखरामा बर्डफ्लुको संक्रमणले धमाधम कुखुरा मरेका छन्।

कुखुरा मर्न थालेपछि शंका लागेर परीक्षण गर्दा बर्डफ्लु भाईरस एच फाइभ एच वान संक्रमण भएको पुष्टि भएको पशु सेवा विभागले जनाएको छ।बर्डफ्लुको संक्रमण फैलिएपछि किसानलाई करोडौंको क्षति पुगेको छ। तीन जिल्लामा संक्रमण देखिए पनि सरकारले मकवानपुर र काठमाडौंमा मात्र करिब सवा लाख कुखुरा नष्ट गरेको पशु सेवा विभागले जनाएको छ।

दुई जिल्लामा गरेर १ लाख २३ हजार १ सय ३४ कुखुरा नष्ट गरिएको विभागले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.