गोवाका मुख्यमन्त्री पर्रिकरको निधन

चैत ३, नयाँदिल्ली । भारतको गोवा राज्यका मुख्यमन्त्री एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता मनोहर पर्रिकरको आइतबार ६३ वर्षको उमेरमा निधन भएको छ ।

भारतीय राष्ट्रपति रामनाथ कोविंदले ट्वीट गरी पर्रिकरको निधन भएको जानकारी दिएका हुन् । उनी लामो समयदेखि पेटको क्यान्सरबाट पीडित थिए । पर्रिकरको निधनप्रति भारतीय प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताले शोक व्यक्त गरेका छन् ।

भाजपाका नेता पर्रिकर केही समय भारतको रक्षामन्त्रीपनि बनेका थिए । तर, गोवामा भाजपा संकटमा परेलगत्तै रक्षामन्त्रीबाट राजीनामा दिएर गोवाको मुख्यमन्त्री बनेका थिए । उनी गोवामा लामो समय मुख्यमन्त्री पदमा रहे । उनलाई स्वच्छ छवि भएका नेताकारूपमा लिइन्थ्यो । – रासस÷एएनआइ

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.