७८ लाख घुस प्रकरण : बयान दिँदादिँदै भारततिर फरार

चैत्र ०४, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान दायरामा रहेका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने फरार भएका छन । उनी स्थलमार्गबाट पोखरा–भैरहवा हुँदै भारत गएका हुन ।

‘उनले दुई पटक बयान दीसकेका थिए भने लगत्तै अर्को दीसकेका थिए भने लगत्तै अर्को बयानका लागि डाक्ने योजना थियो’ अख्तियार उच्च स्रोतले भन्यो, ‘एकाएक उनको फोन अफ भयो, घरमा थिएनन । अनुसन्धान गर्दा गाडीबाट भारततिर हिँडेको पुष्टि भइसकेको छ ।’

न्यौपानेमाथि नेपाल इन्जिनियरिङ कलेजको अनियमितता ढाकछोप गर्न ७८ लाख रुपैयाँ घूस बुझाएको आरोप छ । उनले ऊक्त रकम ४० लाख र ३८ लाख गरी दुई किस्तामा अख्तियारका आयुत्त राजनारायण पाठकलाई पठाइदिएका थिए । घूस प्रकरणको भिडियो टेप बाहिरिएपछि अख्तियारले ३ सदस्यीय टोली गठन गरी अनुसन्धान गरिरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.