चैत्र ०४, काठमाडौं ः चीनले महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड ईनिसिएटिभ्स (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई विशेष महत्व र सम्मान दिने भएको छ। चीनले नेपालका राष्ट्रपतिलाई बेइजिङमा पहिलोपल्ट रातो कार्पेट बिछ्याउन लागेको हो।
अघिल्ला राष्ट्रपति डा। रामबरण यादबले दुईपटक चीन भ्रमण गरे पनि बेइजिङमा आमन्त्रण भएको थिएन। चीनले दक्षिण एसियाको ढोकाका रुपमा नेपाललाई प्रस्तुत गर्दै राष्ट्रपतिलाई उच्च प्राथमिकता राखेर भ्रमणलाई दुईपक्षीय बनाउने भएको छ। त्यस क्रममा प्रधानमन्त्रीको केपी शर्मा ओलीको भ्रमणमा भएका सहमतिलाई कार्यावन्यनमा लैजाने छुट्टै समझदारीसमेत हुनेछ।
राष्ट्रपतिको भ्रमणमा चीनले विकसित मुलुकका राष्ट्र प्रमुखलाई सरह महत्व र सम्मान दिने तयारी गरेको छ। राष्ट्रपतिको चीन भ्रमणलाई दुईपक्षीय औपचारिक बनाउँने र सम्मेलनमा समकक्षी सी चीन फिङसँगै उपस्थित गराने तयारी बेइजिङमा रहेको छ।
नेपालले यसपटकको राष्ट्रपति भ्रमणमा चीनलाई नाका जोड्ने स्थानलाई ब्यवस्थित गरिदिने र रेलमार्गमा अनुदान सहयोग गर्न आग्रह गर्ने तयारी छ। कूटनीति स्रोतका अनुसार राष्ट्रपति भण्डारीलाई ग्रेटहलमा स्वागत गरिनेछ।

