आजको राशिफल : चैत्र ४ गते, सोमबार

वि।सं।२०७५ साल चैत्र ०४ गते । सोमबार । इस्वी सन २०१९ मार्च १८ तारिख । नेपाल संवत ११३९ । विरोधकृत संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । फाल्गुन शुक्ल पक्ष । तिथि दुवादशी,२० घडी ५४ पला,दिउसो ०२ बजेर ३५ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र अश्लेषा,३२ घडी २३ पला,बेलुकी ०७ बजेर १० मिनेट उप्रान्त मघा । योग सुकर्मा,३१ घडी ५५ पला,बेलुकी ०६ बजेर ५९ मिनेट उप्रान्त धृति । करण वालव,दिउँसो ०२ बजेर ३५ मिनेट उप्रान्त कौलव,रातको ०१ बजेर २२ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा सौम्य योग । चन्द्रराशि कर्कट,बेलुकी ०७ बजेर १० मिनेट उप्रान्त सिंह । सोम–प्रदोष व्रत। गोविन्द द्वादशी। काठमाडौँमा सूर्योदय ०६ बजेर १३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १३ मिनेट । दिनमान ३० घडी ०० पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरूले भनेजस्तो आम्दानी गर्न सक्नेछन । माया प्रेममा विश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमा सँग मनमुटाब उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाई लेखाई कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा सहभागी हुँनेहरुले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला । स्वास्थ्यको ख्याल गर्नुहोला छाती सम्बन्धी समस्या आउने तथा खर्च बढ्ने योग रहेको छ

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दौडधुप तथा लामो खटाइले मात्र काम सम्पादन हुनेछन । पुराना मुद्दाहरूको निर्णय तपाईँको पक्षमा नआउने तथा नयाँ विवादमा फस्ने योग रहेको छ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागि फाइदा हुनेछ । आफूभन्दा ठुला तथा प्रतिष्ठित व्याक्तिहरु सँग विवाद बढ्ने योग रहेको छ । प्रणय सम्बन्धमा आत्मीयताको कमी हुनेछ । कष्ट कारक यात्रा नहोला भन्न सकिन्न ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिचारमा आउने परिवर्तनले राम्रा काम गर्न सकिनेछ । तपाईँको बोलीको सबैले कदर गर्नेछन । व्यवसाय फस्टाएर जाने तथा आर्थिक अवस्था सुदृढ हुनेछ । आफन्त तथा कुटुम्ब सँग बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो सञ्चित सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोतहरू फराकिला पार्न सकिनेछ । गीत सङ्गीतमा लाग्नेहरूका लागि समयले साथ दिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ प्रविधिको प्रयोग मार्फत व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । आर्थिक अवस्था राम्रो हुने तथा पहिलेदेखि नउठेका रकमहरू उठ्नेछन । समाजसेवामा जनता सँगै रहेर काम गर्न सक्दा नाम कमाउन सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ । माया प्रेममा एक अर्कालाई विश्वास गर्दै अगाडि बढ्न सकिनेछ । कन्फिडेन्ट पावर बढ्ने हुनाले पराक्रमी काम गर्न सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अर्थ सङ्कलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा विदेश तथा विदेश सँग सम्बन्धित कामहरू रोकिन सक्छ । तर पनि विदेशमा बसेर अध्ययन तथा श्रम गर्नेहरूका लागि भने समय फलदायि रहनेछ । विदेशी लगानीमा सञ्चालित संस्थाबाट मनग्गे लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा लामो समय देखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्यमय रहेको छ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) समय मध्यमय रहेकोले व्यापारमा लगानी गर्नको लागि केही समय पर्खनु नै राम्रो हुनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग नहुने हुनाले काम गर्न नसकेजस्तो हुनेछ । शत्रु,मुद्दा मामिला तथा अन्य झन्झटबाट मुक्ति मिल्ने समय नरहेकोले ख्याल गर्नुहोला । माया प्रेममा मनमुटाब बढ्न सक्छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू प्रयोग गर्दा ध्यान दिनुहोला । पढाई लेखाई तपाईँ आफ्नै कमजोरीले बिग्रनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारी साधन सम्बन्धी झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनीति तथा समाजसेवामा जनतको काम गर्दा गर्दै आलोचनाको सिकार भइनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा नचाहँदा-नचाहँदै छुट्टिनु पर्ने बाध्यता आउनेछ । पढाई लेखाइमा भने विद्यार्थी वर्गहरूले अलि बढी ध्यान दिए सफलता हात पार्न सकिनेछ ।

वृश्चिक (तो,ना,नि,नू,ने,नो,या,यी,यु) नोकरीमा पदोन्नति हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । सन्तानको सुखमा मन रमाउनेछ भने आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रसन्न रहनेछ । अध्ययन अध्यापन तथा खोज मूलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मान हुने ग्रहयोग रहेको छ । प्रेमका बाटाहरू फराकिला हुनेछन भने जीवन साथीको पनि सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) कामहरू समयमा नसकिने तथा अरूबाट बाधा ब्याबधान हुने हुनाले मानसिक तनाव बढ्नेछ । मनोबल कमजोर हुने हुनाले काम गर्न जोस जाँगर हराएर जानेछ । पढाई लेखाई तपाईँ आफ्नै कारणले बिग्रने हुँदा अरूभन्दा पछि परिनेछ । प्रेम प्रशङग टाढै रहनुहोला प्रिय पात्रसँग मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । बिधिबिधान तथा कानुन सम्बत काम गर्नुहोला दण्ड तथा जरिवाना हुने ग्रहयोग रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) तार्किक क्षमताबाट वृद्धि भएर जानेछ भने वाणीमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरूभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) मौसमी रोगको प्रकोपले समस्या निम्त्याउनेछ भने हाड जोर्नीहरूमा समस्या आउन सक्छ ध्यान दिनुहोला । सवारी चलाउँदा ख्याल गनुहोला चोटपटक तथा दुर्घटना हुने योग रहेको छ । कुनै पनि विवादित विषयमा सामेल नहुनु नै राम्रो रहेको छ भने न्यायिक निर्णयहरू तपाईँको पक्षमा आउने छैनन । पढाई लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । प्रेममा आजको दिन नभेट्दिनै राम्रो रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) रमाइलो भेटघाट हुने तथा स्वादिष्ष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । शुभचिन्तक तथा आफन्तको सल्लाह तथा सुझावलाई शिरो धार्य गर्दै अगाडि बढ्न सके गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यापारमा लगानी गरिन मनग्गे आम्दानी हुनेछ भने नयाँ योजनाको रूप रेखा कोर्न सकिनेछ । प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न पाइने हुँदा पन प्रसन्न रहनेछ । उपहार तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ ।

तपाईँको दिन शुभ रहोस ।

ज्योतिषी गणेश काफ्ले ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.