उपलब्धिमूलक कार्यक्रम ल्याउन काउन्सिललाई सञ्चारमन्त्रीको आग्रह

चैत १, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एक हप्ताभित्र उपलब्धिमूलक कार्यक्रम बनाएर ल्याउन प्रेस काउन्सिल नेपाललाई आग्रह गर्नुभएको छ ।

प्रेस काउन्सिल नेपालको आज सम्पन्न वार्षिक समीक्षा बैठकमा मन्त्री बाँस्कोटाले नियम र कानून कुनै पनि प्रस्ताव नरोकी यथाशीघ्र कार्यान्वयनमा ल्याइने बताउनुभएको हो । काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिललाई अझ प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्नेमा जोड दिँदै तयार भएका ऐन, विनियमावली, निर्देशिका यथाशीघ्र स्वीकृत हुनुपर्ने, आगामी वर्ष स्वर्ण जयन्ती वर्ष भएकाले भव्य रुपमा सम्पन्न गर्ने बताउँदै आइपरेका समस्या, समाधानका उपाय र मन्त्रालयबाट गरेको अपेक्षाबारे धारणा राख्नुभएको थियो ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले कार्यप्रगति प्रस्तुत गर्दै पछिल्लो दुई वर्षमा भएका महत्पूर्ण उपलब्धि, आगामी सोच तथा कार्यक्रमबारे प्रकाश पार्नुभयो । समीक्षा बैठक पश्चात साहित्यिक पत्रकारहरुको टोलीसँग भएको छलफलमा साहित्यिक पत्रकारिताका क्षेत्रका समस्यालाई मन्त्रालयले समाधान गर्न पहल गर्नुपर्ने धारणा राखिएको थियो । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.