सांसदद्वारा दश लाखको अक्षयकोष

चैत १, दमौली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ एवं प्रतिनिधिसभा सदस्य तुलसा थापाले आफ्नो माइतीगाउँको विद्यालयमा रु दश लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं पूर्व उपप्रधानमन्त्री वामदेव गौतमसँग विवाह गरेपछि दोस्रोपटक माइतीगाउँ तनहुँको देवघाट गाउँपालिका–२ बैदी आउनुभएकी उहाँले कालीगङ्गा माध्यमिक विद्यालयमा रु दश लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको हो । थापाले बुबा पहलसिंह र आमा भीमकुमारीको स्मृतिमा पहलसिंह–भीमकुमारी स्मृति अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको हो । अक्षयकोषवापतको रकम विधान तयार गरेर दर्ता गरेपछि विद्यालयलाई हस्तान्तरण गरिने विद्यालयका प्रधानाध्यापक छविलाल क्षेत्रीले जानकारी दिनुभयो ।

अक्षयकोषको व्याजबाट आगामी शैक्षिकसत्रको शुरुआतमा कक्षा १ मा अध्ययन गर्ने गरीब तथा जेहेन्दार एक छात्र र एक छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ । ती दुई छात्रछात्रा कक्षा १० उत्तीर्ण नगरेसम्म नियमित रूपमा उनीहरुको पढाइ, विद्यालय पोशाक, पाठ्यपुस्तक, कापी कलमलगायत सबै शैक्षिक सामग्री सोही अक्षयकोषको व्याजबाट उपलब्ध गराइने प्रधानाध्यापक क्षेत्रीले बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.