नेपाल सेमिफाइनलमा, भुटान बाहिरियो

फागुन ३०, काठमाडौं । पाँचौं महिला साफ च्याम्पीयनसिप फुटबलबाट भुटान बाहिरिएको छ ।

नेपाल भने समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको दोस्रो खेलमा बंगलादेशसँग पराजित भएसँगै भुटान समूह ए बाट बाहिरिएको हो । विजयी बंगलादेश पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।  विराटनगरको सहिद रंगशालामा सम्पन्न खेलमा बंगलादेशले भुटानलाई २–० गोलले पराजित गरेको थियो । बंगलादेशलाई जित दिलाउन मिश्रात जहान मौसमी र सविना खातुनले गोल गरे । मौसमीले खेलको ४७ औँ मिनेटमा कर्नरबाट आएको पासमा गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाइन् ।

तुलनात्मक रुपमा बलियो टोली बंगलादेशले भुटानविरुद्ध संघर्षपूर्ण जित निकालेको हो । उता पहिलो खेलमा नेपालसँग ३–० गोलले पराजित भएको भुटान आजको हारसँगै प्रतियोगिताबाट बाहिरीएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.