फागुन ३०, काठमाडाैँ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको काठमाडौँ उपत्यकामा सामान्य प्रभाव परेको छ ।
सरकारले नेकपामाथि लगाएको प्रतिबन्धको विरोधमा विप्लव समूहले एक दिने बन्दको आह्वान गरेको हो । बन्दको कारण उपत्यकाकालगायत देशका विभिन्न जिल्लामा समान्यदेखि आंशिक प्रभाव परेकाे छ । देशैभरका प्राय निजी र कतिपय शैक्षिक संस्थामा पठनपाठन बन्द भएकाे छ । सार्वजनिक यातायात पनि अवरुद्ध भएका छन ।
निजी सावारी साधनहरु सडकमा प्रशस्त रहेका छन । मोटरसाइकल तथा निजी गाडी केही चले पनि सार्वजनिक गाडी कम चल्दा यात्रुलाई समस्या भएको छ ।
सरकारले नेपाल बन्दलाई ध्यानमा राखेर देशभरको सुरक्षा व्यवस्था कडा पारिएको सरकारले जनाएको छ ।
विभिन्न ठाउँमा बमकाे त्रास
बन्दका क्रममा बुधबार रातिदेखि नै विभिन्न ठाउँमा बम र शंकास्पद वस्तु फेला पर्ने क्रम जारी छ । बुधबार साँझै काठमाडाैँकाे सिंह दरबार नजिकै अनामनगरमा कुकुर बम राखिएकाे फेला परेकाे थियाे । बिहीबार बिहान देशका विभिन्न भागमा बम राखिएकाे भेटिएकाे छ ।
हेटाैँडाकाे पूर्ब-पश्चिम राजमार्गअन्तर्गत पशुपतिनगरमा सेताे प्लास्टिकमा बिस्फोटक पदार्थ राखिएको फेला परेकोमा सेनाकाे टाेलीले डिस्पाेज गरेकाे छ ।
उता प्यूठानकाे स्वर्गद्वारी नगरपालिका कार्यालय अगाडि पनि शंकास्पद वस्तु फेला परेको छ ।साे वस्तु फेला परेको स्थानीयले जानकारी दिएपछि सुरक्षा टाेली खटिएकाे थियाे ।
प्युठानकै माण्डवी गाउँपालिका ३, देविस्थान र भिंगृमा फेला परेको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ ।
रुकुम पूर्व सिस्ने गाउँपालिका ५, स्थित रुकुमकोट जिल्ला अदालत भन्दा २ सय मिटर अगाडिको घुम्ती छेउमै प्लाष्टिकमा पोको पारेर राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो ।
ठिस इमगे हस अन एम्प्त्य अल्त अत्त्रिबुते; इत्स फिले नमे इस ब्ॐब्-७६८क्स्३६९।ज्प्ग्
बुटवलमा पनि बन्दकाे आंशिक प्रभाव परेकाे छ । बुटवलस्थित राजमार्गकाे कालिकाचाेक खण्डमा शंकास्पद वस्तु भेटिएकाे र डिस्पाेजल टाेलीले उक्त वस्तु डिस्पाेज गरिसकेकाे छ । यसैगरी पाेखराकाे सभागृह चाेकमा रहेकाे ट्राफिक बिटमा पनि शंकास्पद वस्तु भेटिएपछि बम भएको आशंकामा नेपाली सेनाले डिस्पोजल टोली त्यहाँ पुगेको थियाे ।
यसैगरी कैलालीको घोडाघोडी नगरपालिका २ साढेपानीमा शंकास्पद वस्तु फेला परेको छ । साढेपानीमा रहेको इलाका वन कार्यालय अगाडि शंकास्पद वस्तु फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
कैलालीको जोशीपुर गाउँपालिकाको वडा कार्यालयमा शकास्पद वस्तु फेला परेको छ ।गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ को वडा कार्यालयमा शंकास्पद वस्तु फेला गरेको हो । तिनवटै कार्यालय एउटै घरमा संयुक्त रुपम सन्चालनमा रहेका छन ।
कैलालीमा आगजनी र ताेडफाेड
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बन्दकर्ताले बसमा आगजनी गरेका छन । पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमा बन्दकर्ताले आगजनी गरेको प्रहरीले जनाएको छ ।
गाडीमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका लागि हिडेका बसहरुलाई रोक्दै गरेका ३ जना बन्दकर्ता प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिप्लब नेतृत्वको नेकपाले बन्दको अबज्ञा गरेको भन्दै घोडाघोडीमा ट्रकमा तोडफोड गरेको छ । पुर्व-पश्चिम राजमार्ग अन्तरगर्त कैलालीको घोडाघोडी नगरपालिका २ साडेपानिमा बिप्लबका कार्यकर्ताहरुले ट्रकमाथि तोडफोड गरेका हुन ।
नवलपरासी र मकवानपुरमा पनि आगजनी
नवलपरासीमा दुई ट्रकमा आगजनी भएको छ । पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बासाबसहीमा गएराती ८। १० जनाको समूहले आगजनी गरेकाे हो । जिल्ला प्रहरी नवलपरासीको अनुसार काठमाडौबाट धनगढीका लागी बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको ट्रकमा आगजनी भएको हो ।
यसैगरी मकवानपुरकाे थाहा नगरपालिका–४ नयाँगाउँमा एक ट्रकमा आगजनी गरिएको छ । काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बरकाे ट्रकमा गएराति करिब एक बजेको समयमा अज्ञात समुहले आगजनी गरेको मकवानपुर प्रहरीले बताएकाे छ ।
मुगुमा आंशिक प्रभाव
आजकाे देशव्यापी बन्दले मुगु सदरमुकाम गमगढी बजारमा रहेका सम्पूर्ण पसल होटल र साना दुरी वा लाम्रो दुरीमा चल्ने सवारी साधन समेत पूर्ण रुपमा बन्द रहेका छन । भएको छ भने सामान्य गाँउ बस्ती तिर पनि बन्दले असर पारेको छ ।
सामान्य गमगढी बजारमा रहेका पसल होटल बन्द भइपनि सरकारी कार्यालय, विद्यालय सन्चालनमा आएको अहिले सम्म जिल्ला भरी कुनै पनि नराम्रो घटना नभएको स्थानिय जनताहरुको जिउ ज्यान, धनमाल लगाएतको सरकारी कार्यालय संघ सस्थामा कुनै पनि अपिय घटन हुन नदिनको लागी सुरक्षा को ब्याबस्था निकै बलियो बनाए शुरक्षाको गस्ती ब्याबस्था मिलाएको सामान्य असर परेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताएका छन ।
दाङमा पनि आंशिक प्रभाव
नेपाल बन्दको प्रभाव दाङमा परेको छ । आज बिहीबारको एकदिने नेपाल बन्दका कारण सार्वजनिक सवारीका साधानहरु सञ्चालन नहुदा यात्रूहरु मर्कामा परेका छन । जिल्लाका बस समिति, जीप समितिहरुका टिकट काउन्टर बन्द गरिएका छन । शिक्षण संस्था, उद्योग कलकारखाना, ब्यापार ब्यबसायमा पनि बन्दको प्रभाव परेको छ ।
जिल्ला भित्रिने रात्रिबस भने आज बिहीबार बिहान भने आइपुगेका छन ।
तुलसीपुरको बिपीचौक स्थित एउटा कपडा पसलको बरण्डामा फेला परेको वेवारेसी शंकास्पद बस्तुलाई ईलाका प्रहरीले नियन्त्रणमा लिएको छ । रातको समयमा राखेको हुन सक्ने आशंका गरिएको बोतलजस्तो देखिने वस्तुलाई प्लाष्टिकले बेरी बरण्डामा राखेको अवस्थामा फेला परेको हो । बन्दको प्रभाब दाङ जिल्ला मात्र नभई प्रदेश ५ का सबै जिल्लामा बन्दको प्रभाव परेको छ ।
तेह्रथुम पनि बन्द
बन्दका कारण तेह्रथुमबाट धरानतर्फ जाने लामो दुरीका कुनै पनि सवारी साधन चलेका छैनन । सवारी साधन नचल्दा यात्रुहरु वसपार्कमा नै अलपत्र परेका छन । जिल्लामा रहेका म्याङलुङ, जिरिखिम्ती, वसन्तपुर, मोराहाङ, सक्रान्ति बजार आम्सिक रुपमा बन्द रहेका छन । जिल्लामा सुरक्षा सर्तकता वढाईएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डिएसपी टेक बहादुर कार्कीले बताउनुभयो ।
आफ्ना कार्यकर्ता माथि सरकारबाट भइरहेको धरपकड बन्द गरी पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै विप्लव समूहले आज बिहीबार नेपाल बन्द आव्हान गरेको हो । एकदिने बन्द बिहान ५ बजेदेखि बेलुकी ६ बजे सम्म हुने उक्त पार्टीले जनाएको छ ।

