कृष्ण पहाडीसहित १६ अधिकारकर्मीलाई गिरफ्तार

फागुन २९, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री कार्यालय सिंहदरबार अगाडि आयोजना गरेको विरोध प्रदर्शनबाट प्रहरीले घेराबन्दी गरेर अधिकारकर्मी कृष्ण पहाडीसहित १६ अधिकारकर्मीलाई गिरफ्तार गरेको छ ।

यही फागुन २४ गते नेपाल सरकार र सिके राउतबीच भएको ११ बुँदे सहमतिको विरोधमा शान्ति समाजले विरोध प्रदर्शन आयोजना गरेको थियो । विरोध प्रदर्शनबाट प्रहरीले पहाडीसहित समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु नम्रता खरेल, गीता तिमल्सिना, अधिकारकर्मीहरु ईश्वर पुडासैनी, विपी पौडेल, बाबुराम न्यौपाने, विनित अर्याल, नानीकाजी गिरी, भगवान पुडासैनी, अर्जुन लामिछाने, भक्त लिम्बु, नामबहादुर पुनसहित १६ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको छ ।  विरोध प्रदर्शनमा ११ बुँदे नौटंकी अपराधजन्य सहमति, सार्वभौमसत्तामाथि खेलवाड बन्द गर लगायतका प्लेकार्ड बोकिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.