फागुन २९, चितवन । अज्ञात समूहले चितवनको भरतपुर महानगरपालिका वडा नं ५ को कार्यालयमा बम विस्फोट गराएको छ । गएराति १२ ः १५ बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घटनास्थलमा सिलिण्डर ज्ञ्ासको टुक्रा फेला परेको चितवन प्रहरीले जनाएको छ । विस्फोटले कार्यालय क्षतिग्रस्त भएको छ । विस्फोटबाट मानवीय क्षति भने भएको छैन । विस्फोट लग्गतै भएको आगलागी महानगरको दमकल र सुरक्षाकर्मीको टोलीले नियन्त्रणमा लिएको थियो ।
घटनालगत्तै सुरक्षा सतर्कता अपनाइएको र विस्फोट कसले र किन गरयाे भन्नेबारे थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ ।

