तेमाल भुमेश्वर विद्यालयको शैक्षिक भ्रमण

फागुन २८, काठमाडौं । काभ्रे तेमाल गाउँपालिका वडा नं. ७ का भुमेश्वर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराएका छन् ।

विद्यार्थीहरुको भ्रमणमा अभिभावक, शिक्षकहरुको सहभागी रहेका थिए । विद्यार्थीहरुलाई कितावी ज्ञान मात्र नभई बाहिरी ज्ञानको पनि आवश्कय पर्ने भएकोले समय सापेक्ष विद्यार्थीहरुको मनोविज्ञानलाई मध्यनजर गर्दै शैक्षिक भ्रमण गराएको विद्यालयले जनाएको छ ।

विद्यार्थीहरुलाई भक्तपुरको पचपन्ने झ्याले दरबार र पाँच तले मन्दिरको समेत अवलोकन गराएका थिए । ललितपुरमा रहेको चिडियाखाना जावलाखेलमा पुगेर विद्यार्थीहरुलाई पाठ्यवस्तुमा पढेका विभिन्न चराचुरुङ्गी तथा जीवजानवरहरुको समेत प्रत्यक्ष रुपमा अवलोकन गराएको विद्यालयका प्रधानाध्यापक शर्मिला त्रिपाठीले जनाईन् । विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानसँगै बहिरी ज्ञान प्रदान गर्न साथै बाहिरी क्रियाकलापमा सहभागी गराउन शैक्षिक भ्रमण गराएको प्रधानाध्यापक त्रिपाठीले बताईन् ।

कक्षा ६, ७ र ८ मा अध्ययनरत २८  जना विद्यार्थीहरुको उक्त भ्रमणमा शिक्षकहरु अनिक तामाङ, कुवाङ लामा, अप्सरा मैनाली, रञ्जना तामाङ, रामेश्वर मण्डल, र अभिभावकमा प्रेमराज तामाङ, इन्द्रलाल तामाङ, तेज लामा, अभिभावक सिङ्ग लाल तमङ, खुसराज तमङ, ज्ञान बहादुर तामाङ, वडा सदस्य राजु तामाङ सहभागी रहेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.