भारतीय सांसदले नेपालीसँग माफी मागिन्

फागुन २८, काठमाडौं । भारतको आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालीसँग माफी मागेकी छन्। भारतमा हुन गइरहेको निर्वाचनलाई लक्षित गरेर लेखिएको ट्‍वीटप्रति नेपालीले चर्को विरोध गरेपछि सांसद लाम्बाले ट्‍वीटरबाटै माफी मागेकी हुन्।

उनले नेपालीसँग माफी माग्दै ट्‍वीटरमा लेखेकी छिन्, ‘‘पता चला है कि मेरे एक ट्‍वीट से नेपालके लोगोंको दुःख पहुँचा है, मैं इसके लिए अपने पडोसी देश नेपालके लोगों से खेद व्यक्त करती हुँ, मेरी मंशा बिल्कुल भी किसी का दिल दुखाने की नही थी (मेरो एक ट्वीटले नेपालीलाई ठेस पुगेको मेरो जानकारीमा आयो, मेरो मनसाय कसैको चित्त दुखाउने थिएन।) ।’

उनले नेपालीको भावनालाई ध्यानमा राख्दै आफ्नो ट्‍वीट हटाएको उल्लेख गरेकी छन्। यसअघि सांसद लाम्बाले सोमबार भारतबासीलाई अबको चुनावमा प्रधानमन्त्री चुन्नु, चौकीदार त नेपालबाट पनि मगाउन सकिने भन्दै ट्‍वीट गरेकी थिइन्। ‘‘प्रिय भारतवासियों ‘कप्या इस बार प्रधानमन्त्री चुनिएगा, चौकीदार तो नेपाल से भि मगंवा सकते है’ नेपालके चौकीदार चोर नही होते’’ उनले ट्‍वीट लेखेकी थिइन्।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई देशको चौकीदार भन्दै आएको प्रसंग जोड्दै ट्‍वीट गरेकी हुन्। तर नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले लाम्बाको ट्‍वीटले नेपालीको स्वाभिमानमा चोट पुगेको भन्दै उनको चर्को आलोचना गरेका थिए।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.