प्रारम्भ खबर ।
फागुन २८, काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धद्वारा खटिएको प्रहरीले नयाँवस्तीबाट २ हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरेको छ ।
मदिरा बनाउने कच्चा पदार्थसंगै तयारी अवस्थामा रहेको २ सय लिटर घरेलु मदिरा नष्ट गरेको बौद्ध वृत्तबाट खटिएका प्रहरी निरिक्षक प्रदीप पौडेलले बताएको छ । घरेलु मदिराका कारण समाजमा विभिन्न खालका समस्याहरू हुने गरेको गुनासो बढेपछि घरेलु मदिरा किनबेच तथा उत्पादनमा नियन्त्रणका लागि कडाइको अभियानलाई बौद्ध प्रहरीले तिब्रता दिदै आएको उनले बताए ।
‘घरेलु मदिरा सेवनकै कारण दैनिक दर्जनौं झगडा तथा विभिन्न खालका विकृति हुन थालेका छन्’, भएका कारण प्रहरीले ‘घरेलु मदिरा नियन्त्रण गर्दा मात्र पनि केही अपराध कमी हुन्छ भन्ने विश्वास लिएको प्रहरी निरिक्षक पौडेलले बताए ।

