फागुन २७, जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाका कर्मचारीहरू आइतबार बिहान ११ बजेतिर कार्यालय बन्द गरेर विवाह भोज खान गएका छन ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीका बहिनी एवं गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीका छोरीको विवाहमा भोज खान एकछिन कार्यालय बन्द गरेर गएको कर्मचारीहरुले बताएका छन । मूलढोकामा ताला लाएर कार्यालय सहयोगीसमेत विवाह भोजमा गएकोमा स्थानीयले गुनासो गरेका छन । गाउँपालिकाका सबै कर्मचारी विवाह भोजमा गएका कारण दर्जन भन्दा बढी सेवाग्राही काम नगरि फर्किएको बताएका छन । तर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज शर्माले भने सेवा ग्राहीलाई मार नपर्ने गरि एकछिनका लागि विवाह भोजमा गएको बताउनु भएको छ ।
सबै कर्मचारी विवाह भोजमा सहभागी भएको तर सेवाग्राहीलाई मर्का नपर्ने गरी कार्यालयमा सेवा लिन आएका सबैलाई सेवा दिएर पठाइएको उहाँको भनाइ छ । स्थानीयले भने यसरी कार्यालय नै बन्द गरेर जानु उचित नभएको भन्दै आलोचना गरेका छन ।

