इथियोपियन विमान दुर्घटना : टिकटमा ढिलाइ हुँदा भाग्यवश बाँचे एक नेपाली

फागुन २७, काठमाडाैँ । अफ्रिकी मुलुक इथियाेपियामा आइतबार १५७ जनाकाे ज्यान जानेगरी भएकाे विमान दुर्घटनामा एकजना नेपाली भने भाज्ञ्ले बाँचेका छन । टिकटमा भएको ढिलाइका कारण नेपालका जितेन्द्र जीसी भाज्ञ्वश बाँचेका हुन ।

आइतबार इथियोपियाकाे राजधानी अदिस अबाबाबाट केन्याको नौरोवीतर्फ जाँदै गरेको इथियाेपियन एयरलाइन्सको विमान उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त बनेकाे थियो । सो विमानमा ३३ देशका १ सय ४९ जना यात्री र चालक दलका ८ सदस्य रहेका थिए । विमानमा सवार सबैको दुर्घटनामा मृत्यु भएको इथियोपिया सरकारले जनाएको छ । सोही विमानमार्फत सयुंक्त राष्ट्र संघ वातावरण कार्यक्रममा सहभागिताका लागि केन्या जाने तयारीमा रहेका साझा फाउण्डेशनका अध्यक्ष जितेन्द्र जीसी भने टिकटमा भएको ढिलाइका कारण भाज्ञ्ले बाँचेका हुन । आफू मृत्युकाे मुखबाटै जाेगिएकाे अनुभूति शेयर गर्दै जिसीले आफ्नाे फेसबुकमा स्टाटस लेखेका छन । उनले साे कार्यक्रमका लागि प्राप्त टिकटअनुसार आफू पनि साेही विमानमा हुन्थेँ भन्दै टिकटमा भएकाे ढिलाइले नेपालमै छुट्नुपरेकाे बताएका छन ।

जिसीले स्टाटसमा लेखेका छन्, ‘म नेपाल मै छु, ठीक छु । कार्यक्रमको तालिका र प्राप्त टिकट अनुसार म पनि यो विमानमा हुनुपर्ने थियो । म आफ्नै कारणले ‘लास्ट आवर’मा आयोजकलाई जानकारी गराएको थिएँ । जब त्यो तालिका, विमान र मलाई प्राप्त टिकट हेरेँ अनि सम्झिएँ- म अर्कोपटक बाँचेँ ।’

उनले आफ्नो टिकटमा गरिदिएको ढिलाइका कारण सुष्मा दाहाल पोख्रेललाई धन्यवाद समेत दिएका छन ।

दुर्घटनामा पर्ने नेपाली काे हुन ?

दुर्घटनाग्रस्त उक्त विमानमा एकजना नेपाली नागरिक पनि सवार रहेको विमान कम्पनीले जनाएकाे छ ।

इथोपियन एयरलाइन्सको दुर्घटनाग्रस्त विमानमा रहेकी ती नेपाली एकता अधिकारी रहेकाे बताइएकाे छ । उनको निधन भएको बताइए पनि विमान कम्पनीले पनि मृतककाे अाधिकारिक जानकारी सार्वजनिक गरिसकेकाे छैन ।

गोर्खा मुल घर भएकी अधिकारी इथियोपियाको राजधानी अदिस अबाबास्थित विश्व खाद्य कार्यक्रममा कार्यरत रहेकाे जनाइएकाे छ । अधिकारीसहित राष्ट्र संघकाका एक दर्जन कर्मचारीहरु केन्याको राजधानी नैरोबीमा आयोजना हुने सम्मेलनमा सहभागी हुन त्यसतर्फ जाँदै थिए ।

इथियोपियन एयरलाइन्सको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट स्थानीय समयअनुसार बिहान ८ः३८ मा उडेको थियो । विमानले उडान भरेको ६ मिनेटमै विमानको टावरसँग सम्पर्क विच्छेद भएको सो कम्पनीले जनाएको छ ।

मृत्यु हुनेमा केन्याका ३२, क्यानाडाका १८, चीन र अमेरिकाका ८–८, भारत र बेलायतमा ४–४ जना नागरिक रहेका थिए । यसैगरी विमान दुर्घटनामा परी अष्ट्रिया, रसिया र स्वीडेनका तीन–तीन जना, इजरायल, मोरोक्को पोल्याण्ड र स्पेनका दुई–दुई जना तथा बेल्जियम, जिबोटी, इन्डोनेशिया, आएरल्याण्ड, मोजाम्बिक, नेपाल, नाइजेरिया, नर्वे, रूवाण्डा, साउदी अरब, स्लोभानिया, सोमालिया, सुडान, टोगो, युगाण्डा र यमनका एक–एक जना सवार रहेकाे विमान कम्पनीले जनाएकाे छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.