पाँचपोखरी थाङपाल प्रथम अध्यक्ष कपको उपाधि समाज कल्याणलाई

फागुन २७, मेलम्ची । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा सम्पन्न प्रथम अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिताको उपाधि समाज कल्याण युवा क्लब थाङपालाधापले जितेको छ ।

हिजो भएको फाइनल खेलमा नागि छोक्पा श्योनो क्लब थाङपालकोटलाई १(० गोल अन्तरले पराजित गर्दै समाज कल्याणले उपाधि सहित नगद ७५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । खेलको ३४ औँ मिनेटमा समाज कल्याणका श्रीकृष्ण तामाङले एकमात्र निर्णायक गोल गरेका थिए । दोश्रो भएको नागि छोक्पा श्योनो क्लबले नगद ५० हजार रुपैँयामा चित्त बुझाएको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडि समाज कल्याणका बिल बहादुर तामाङ घोषित भएका छन । यस्तै उच्च गोलकर्ता बरुवाका मनोज राई भएका छन भने उत्कृष्ट गोलरक्षक नागि छोक्पाका नानो लामा र नवोदित खेलाडि थाङपालकोट युवा क्लबका प्रशान्त लामा घोषित भएका छन । उत्कृष्ट सबैले जनहि ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन । प्रतियोगिताको समापन समारोहको अबसरमा बिभिन्न अन्र्तराष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जित्न सफल खेलाडि पासाङ रेन्जिन लामा, म्याराथन खेलाडि लामबुटि लामा, खेन्डो लामा र पाँचपोखरी क्रिकेट क्लबलाई जनही १० हजार नगद सहित सम्मानित गरीएको छ । कार्यक्रममा पाँचपोखरी क्रिकेट क्लबका संयोजक अजय धितालले सम्मानबाट प्राप्त रकममा थप गरेर धुर्मुस सुन्तलि फाउन्डेशनले चितवनमा निर्माण गर्ने क्रिकेट रंगशालालाई सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

बिजयी खेलाडिहरुलाई पुरस्कार बितरण गर्दै पुर्व कानुनमन्त्रि शेर बहादुर तामाङले प्रतियोगिता स्थलको खेलमैदान बिस्तारको लागि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । सोहि अबसरमा गाउँपालिका अध्यक्ष टासि लामाले पाँचपोखरी थाङपाल गाउँपालिका अन्र्तगतका हरेक वडामा खेलमैदान निर्माण गर्ने र ढेप्चेत पेमाथाङ समानता खेल मैदानलाई रगंशालको रुपमा बिकास गर्ने घोषणा गर्नुभएको छ । थाङपालकोट युवा क्लब र गाउँपालिका खेलकुद विकास समितिको संयुक्त आयोजनामा भएको प्रतियोगितामा १७ टिमको सहभागीता रहेको गाउँपालिका खेलकुद बिभागका प्रमुख टासि शेर्पाले जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.