फागुन २४, काठमाडौं । देशका विभिन्न स्थानबाट रक्तदानमार्फत संकलित रगतमा एचआइभी तथा भिरिंगीका जीवाणु भेटिएको छ ।
विरामीका लागि संकलित रगत परीक्षणका क्रममा एचआइभी र भिरिंगीको संक्रमण पुष्टि भएको प्रतिवेदन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सार्वजनिक गरेको हो । २०१७ नोभेम्बरदेखि रक्तदाताले दान गरेदेखि बिरामीमा चढाउने वेलासम्म रगतको सम्पूर्ण अध्ययनका लागि प्रयोगशालाले राष्ट्रिय ‘हमोभिजिलेन्स’ कार्यक्रम सुरु गरेको थियो ।
एक वर्षको अवधिमा अस्पतालले पठाएका १ हजार १२ वटा नमुनामध्ये १२ वटामा एचआइभी तथा भिरिंगीका जीवाणु भेटिएको हो ।
रगत संकलनदेखि ट्रान्सप्लाल्ट गर्दा रियाक्सन आउने वेलासम्मका सबै चरणमा रक्त सुपरिवेक्षण गर्नुपर्ने विशेषज्ञको भनाइ छ ।

