सीके राउतलाई छाड्न सर्वोच्चको आदेश

फागुन २३, काठमाडौं । थुनामा रहेका सीके राउतलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

राष्ट्र विखन्डनमा लागेको आरोप लागेका राउतलाई बेरितपूर्वक थुनामा राखिएको भन्दै छाड्न आदेश दिइएको हो । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले छाड्ने आदेश दिएको हो ।

आदेशमा जिल्ला अदालत रौतहट र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले गरेको सदर प्रमाण नपुगी बेरित देखिएकाले बदर गर्न भनिएको छ । स्वतन्त्र मधेस गठबन्धन नामक समूहका राउतमाथि राष्ट्र विखन्डनमा संलग्न रहेको, जातीय र सामाजिक सद्भाव बिथोल्न उद्दत रहेकोजस्ता आरोप लागेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.