फागुन २०, काठमाडौं । प्रि–किड्स एण्ड टिन मोडल फेशन मोडल–२०१९को टाइटल यशाश्री महर्जनले जितेकी छन् । ड्रिम सर्च एजेन्सीको आयोनामा भएको उक्त प्रतिस्पर्धामा किड्स मेल फेशन मोडल–२०१९ सहश्र प्रधानले जितेका छन् ।
किड्स फिमेल मोडल–२०१९ स्लेशा बिष्ट, प्रि–टिन मेल फेशन मोडल २०१९ स्वागत मल्ल भए भने प्रि टिन फिमेल फेशन मोडल २०१९ बेविशा भण्डारी भएका छन् । पाँचै जना विजेताहरुलाई ट्रफिसँँगै विभिन्न गिफ्टह्याम्पर र ७ हजा ५ सय नगद साथै थाइल्यान्डमा हुने इन्टरनेशनल फेशन फेस्टिवल–२०१९ मा भाग लिन पाउने छन् । रनरअपहरुमा डी.एस.ए. प्रि मिनि किड्स सुपर मोडल–२०१९ सान्वी शाक्य, डी.एस.ए. प्रि किड्स सुपर मोडल–२०१९ निर्जला थापा, डी.एस.ए. किड्स सुपर मोडल २०१९ विनोना डंगोल, डी.एस.ए. किड्स फेशन सुपर मोडल २०१९ विदुर भण्डारी भएका छन् । डी.एस.एन. किड्स मेल सुपर मोडल २०१९ श्रीयन्श श्रेष्ठ, डी.एस. किड्स फिमेल सुपर मोडल–२०१९ अपेक्षा शेरचन, डी.एस.ए. प्रि टिन मेल सुपर मोडल–२०१९ आरुष बस्नेत, डी.एस.ए. प्रि टिन फिमेल सुपर मोडल अंशिका अधिकारी भएका छन् ।

