मिस तामाङ–२०१९को उपाधी सरिता तामाङलाई (भिडियो सहित)

प्रारम्भ खबर ।
फागुन २०, काठमाडौं । तामाङ समुदायको भाषा, कला, संस्कृति र पहिचानको जर्गेना तथा प्रर्वद्धनमा टेवा पु¥याउन आयोजना गर्दै आएको तामाङ सुन्दरी प्रतियोगीताको १२ औं संस्करणमा आईपुग्दा महोत्तरीकी चेली सरिता तामाङ पाख्रिनले मिस तामाङ–२०१९ को उपाधी हात पारिन् ।

मिस तामाङ– विजेता सरिता पाख्रिन (तामाङ) अग्रपंक्तिमा

 

शनिवार राजधानीको प्रज्ञा प्रतिष्ठान कमलादीमा एभेष्ट फेशन होम नेपाल र नेपाल तामाङ कला संस्कृति केन्द्रद्वारा आयोजित ग्रान्ड फिनालेमा पाख्रिनले २२ प्रतिस्पर्धी सुन्दरीहरुलाई पछि पार्दै मिस तामाङको उपधी जित्न सफल भईन् । त्यस्तै काभ्रेकी सबिना दोङ फस्ट रनरअप, अप्सरा स्याङदान सेकेण्ड, कविता योञ्जन थर्ड र लक्किसा स्याङ्बो फोर्थ रनरअपमा विजयी बनेकी थिईन ।

सबिना दोङ तामाङ फस्ट रनरअप (मिस तामाङ–२०१९)

 

मिस तामाङ विजेता सरितालाई नगद रु. एक लाखसहित सिल्बर क्राउन र उपहार प्रदान गरिएको छ । त्यस्तै ४ रनरअपमा विजेताहरुले क्रमशः नगद रु. ५० हजार, २५÷२५ हजारसहित क्राउन र उपहार प्राप्त गरिन् । २०१२ की मिस तामाङ सुमी मोक्तान, सञ्चारकर्मी स्मितु घिसिङ, इक्यान महासचिव शेषराज भट्टराई र उत्तम ब्लोनले सुन्दरी छनोट प्रतियोगीता निर्णयकको भूमिका निभाएका थिए ।

टप १० का प्रतियोगीहरु (मिस तामाङ–२०१९)

 

सोही प्रतियोगीताका केही सहभागीहरुले भने आयोजकप्रति लक्षित गरी पैसाको चलखेल गरिएको आरोप लगाएकी थिईन् । तिनीहरु कार्यक्रमको अन्तिम चरणमा आईपुग्दा नाराजुलुस लगाउँदै आयोजकको खोजी समेत गर्दै मिस तामाङ छनोट प्रक्रियामा आफूहरु चिता नबुझिएको भन्दै आक्रोस व्यक्त गरेकी थिईन् । आयोजकले पहिरन र तालिमको नाममा समेत पैसा असुलेको र टिकेटको पैसा नबुझाए प्रहरी ल्याएर पक्राउ गराउने भन्दै प्रतियोगीहरुलाई धम्की दिइएको सुन्दरीहरुको आफन्ताहरुले बताएका थिए ।

पूर्व मिस तामाङ एवम् नायिका सुमि मोक्तानसहित निर्णयकहरु (मिस तामाङ–२०१९)

 

प्रतिस्पर्धात्मक आयोजनाहरुमा किन विवाद हुन्छ ?
प्राय जुनसुकै प्रयोजनका लागि आयोजीत प्रतिस्पर्धात्मक प्रतियोगीताहरुमा विवाद नहुने कुरा कमै सुनिन्छ । विवाद नै समाधानको उपाय पनि होईन् । जहाँ प्रतियोगीताको लक्ष्य र उद्देश्यभन्दा माथी उठेर आयोजकहरु स्वार्थमा तल्लीन हुन्छ तब त्यस प्रकारका विवादहरु निस्किन्छन् । खासमा प्रतियोगीता व्यक्तित्व विकास, क्षमता अभिवृद्धि र सामाजिक उत्तरदायित्वका लागि गरिएको हुनुपर्दछ । र विशेष समुदाय वा वर्गको क्षमतालाई उजगार गर्दै समाजमा प्रतिस्थापन गराउने वा नेतृत्वदायी भूमिका निभाउन सक्ने सक्षम र सबल व्यक्ति निर्माण गर्नु हो ।

कार्यक्रममा सहभागी तामाङ सुन्दरीहरु

 

त्यस्तै मिस तामाङ प्रतियोगीता पनि समुदायको भाषा, कला, संस्कृति र भेषभुषा संरक्षण तथा प्रर्वद्धनमा सहयोग पु¥याउनु हो । जुन छनोट भएका मिस तामाङले समुदायको आवाजलाई प्रतिनित्व गर्दै समुदायका लागि दूतको रुपमा काम गर्न सक्षम होस भन्ने मान्यता छ त्यही उद्देश्य पूरा होस हाम्रो शुभकामना ।

(भिडियो पनि हेर्नुहोस)

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.