फागुन २०, वाशिङटन । अमेरिकाको अलाबामा राज्यमा टोर्नान्डो आँधीका कारण कम्तिमा १४ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
थुप्रै बालबालिका आँधीमा परेको र केही अझै हराइरहेको बताइएको छ । उनीहरुका अनुसार केहीलाई पुरिएको स्थानबाट झिक्ने काम भइरहेको र केहीलाई अस्पताल लगिएको छ । आलाबामाका गभर्नर के आइभीले ट्विट गर्दै अझै अप्ठेरो खालको मौसमको सामना गर्नुपर्ने अवस्था रहेको जनाएकी छन् । राष्ट्रिय मौसम सेवाका अनुसार टोर्नान्डो करिब १६५ माइल प्रति घण्टाको दरले आएको बीबीसीले जनाएको छ ।

