ओखर, मह र चिनाको चामलबाट राम्रो कमाई

राजन रावत ।
फागुन १८, सिमकोट । फाट्ट फुट्ट रुपमा बिक्री हुने हुम्लाका अर्गानिक स्थानीय उत्पादनहरुले बजार लिन थालेपछि आम्दानीको राम्रो श्रोत हुन थालेको छ ।

अर्गानिक आई फाममा ती स्थानीय उत्पादनहरुलाई एकिकृत रुपमा राखेर बिक्री सुरु गरिए पछि त्यसले बजार लिदा कमाईको श्रोत बनेको हो । ओखर, मह, स्याँउको सुकुटी, मार्सी धानको चामल, ओखरको गुदी, सिमी र चिनाको चामल बिक्री बाटै एकै सिजनमा साढे तीन लाख कमाई भएको आई फामकी संचालक निता बोहरा रोकायाले बताउनुु भयो । पहिला मानिसले बिरलै रुपमा किनेर उपभोग गर्ने यी स्थानीय अर्गानिक उत्पादनको महत्व र फाइदाका बारेमा प्रचार प्रसार गर्दा हाल यसका ग्राहकहरु पनि बढ्दै गएकोले आई फाम आम्दानीको श्रोत बनेको बोहराले बताउनुु भयो । सबै भन्दा बढी ओखर, स्याँउको सुकुटी र मह बिक्री हुने गरे पनि अरु उत्पादन पनि बिक्री हुने र यसका लागि खासै ठुलो लगानी पनि गर्न नपर्ने भएको कारण आफु आर्कषित भएको उहाँले बताउनुु भयो ।

सुरुवाती चरणमा भएको कारण यसको कमाई प्रति सन्तुष्ट रहेको र अहिले जिल्ला बाहिर वा पाहुनाका लागि गिफ्ट स्वरुप उपहारका रुपमा यी स्थानीय उत्पादन दिने चलन बढेकोमा यसको भविष्य राम्रै हुने उहाँले बताउनुु भयो । यसको सम्बन्ध सिधा किसानसंग आइ फामको हुने भएको कारण बिचका बिचौलियाको डर पनि नभएको तीनै पक्षलाई फाईदा हुने गरेको छ । ओखर प्रतिदाना आठ रुपियाँ, मह आधा केजीको आठ सय, स्याउँको सुकुटी तीन सय ग्रामको दुई सय रुपियाँ, चिनाको चामल प्रतिकेजी १५०, मार्सी चामल २६० रुपियाँ, ओखर गुदी तीन सय ग्रामको दुई सय रुपियाँमा बिक्री गर्ने गरेको र सिजन मै खरिद गरेर बर्ष भरिका लागि बिक्री गर्न पुग्न उत्पादन मौज्दात राखिएको आई फामले जनाएको छ । त्यो संगै किसानहरुले आफुसंग उत्पादन भएका कृषि जन्य स्थानीय उत्पादनहरु प्नि सिधै ल्याएर आईफाममा बिक्री गर्ने गरेका छन् । जसलाई फामले प्याकेजिङ्ग गरेर बिक्री गर्ने गरेको रोकायाले बताउनु भयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.