फागुन १८, काठमाडौं। पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था थप जटिल बनेको छ ।
लामो समयदेखि थलिएको अधिकारीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । अचेत भएपछि अधिकारीलाई भेन्टिलेटरमा राखिएको अस्पताल स्रोतले जनाएको छ । धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आइसियुमा राखेर उनको उपचार हुँदै आएको छ । श्वासप्रश्वास लगायत विभिन्न समस्या देखिएपछि अधिकारी माघको दोस्रो सातादेखि ह्याम्स अस्पतालमा उपचाररत छन् ।
८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको छ । उनलाई वरिष्ठ छातीरोग विशेषज्ञ अर्जुन कार्कीको टिमले हेरिरहेको छ । डाक्टर रक्षा पाण्डे, डा। सविन कोइराला लगायतको टीम उनको उपचारमा संग्लग्न छ । छाती रोग र मुटुरोग विशेषज्ञहरुले उपचार गरिरहेको अस्पतालले जनाएको छ ।

