फागुन १७, काठमाडौं । दक्षिण कोरियामा रोजगारिका लागी भाषा परिक्षा आवेदन खुला गरिएको छ । दक्षिण कोरियामा कम्तीमा तीन वर्ष बैधानिक रुपमा काम गरेर फर्किएर फेरि कोरिया जान चाहने युवाका लागि आजदेखि आवेदन खुल्ने भएको हाे ।
बैदेशिक रोजगार विभाग अन्र्तगतको रोजगार अनुमती प्रणाली इपीएस शाखा मार्फत आज, भोली र पर्सी गरी तिन दिनमा आवेदन दिन सकिने छ । आउँदो वैशाख ४ गतेदेखि सञ्चालन हुने परीक्षाका लागि आवेदन खुल्ने भएको हो। रोजगार अनुमती प्रणाली इपीएस शाखा का अनुसार चैत ११ गते परिक्षा तालिका सार्वजनिक हुने छ ।
सीबीटीमा आधारित परिक्षामा सहभागी हुनका लागि कोरियामा बैधानिक भएर काम गरेको, फौजदारी अभियोगमा जेल नपरेको, नेपालबाट विदेश जान रोक नलगाइएका व्यक्तिहरु कम्प्युटर परिक्षाका लागि योज्ञ र कोरियाबाट फर्कन एलाइन्स रजिस्ट्रेसन कार्ड कोरियाको अध्यागमनमा बुझाएको हुनुपर्ने शाखाले जनाएको छ।

