फागुन १६, काठमाडौँ । गत शनिबार बेलुकादेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावका कारण फेरि देशभर वर्षा भइरहेको छ ।
बुधबारदेखि काठमाडाैं उपत्यकालगायत देशका विभिन्न ठाँउहरूमा वर्षा भइरहेकाे छ । बुधबार राति काठमाडौँ उपत्यकालगायत केही स्थानमा वर्षासँगै असिना पनि परेकाे छ । पश्चिमी वायुको प्रभावले काठमाडौँसहित देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन सहित पानी पर्ने सम्भावना रहेको मौसमविद शान्ती कँडेलले बताइन । बिहीबार उपत्यकासहित पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली हुने अनुमान मौसम पूर्वानुमान महाशाखाको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
कँडेलकाे अनुसार शुक्रबार उपत्यकालगायत पहाडी क्षेत्रमा मेघगर्जनसहित हल्का वर्षा हुने छ । शुक्रबार बेलुकाबाट मौसममा सुधार आउने अनुमान छ ।

