कमिसन बढाउन ग्यास उद्योगीको हडताल

फागुन १६, काठमाडौँ । कमिसन वृद्धिका लागि दबाब दिन ज्ञ्ास उद्योगीले घोषणा गरेको हडतालमा पेट्रोलियम क्षेत्रका सबै व्यवसायीले ऐक्यबद्धता जनाएका छन् । यससँगै बजारमा ज्ञ्ास अभाव हुन थालेको छ । उद्योगीले ८ फागुनमा पत्रकार सम्मेलन गरी कमिसन नबढाए ज्ञ्ास बिक्री ठप्प पार्ने घोषणा गरेका थिए ।

सरकारले ज्ञ्ासलाई अत्यावश्यक वस्तुमा सूचीकृत गरी हडताल गर्न नपाइने कानुनी व्यवस्था गरेको छ । ऐनले यी वस्तुमा हडताल गर्नेलाई ६ महिनासम्म जेल वा २ सय रुपैयाँ जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ । तर, उद्योगीले अभाव सिर्जना गरेरै भए पनि कमिसन बढाउन खोज्दा सरकार भने कारबाहीको सट्टा वार्ता गर्न खोजिरहेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.