९ सय चल्ला बरामदपछि नष्ट गरियो

फागुन १६, ओखलढुंगा । ओखलढुंगा प्रहरीले भारतबाट अबैध रुपमा ल्याउदै गरेका नौ सय वटा कुखुराको चल्ला बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यलय ओखलढुंगाको टोलीले मंगलबार बेलुका भारतको कलकत्ताबाट सिराहा हुदै ओखलढुंगा ल्याउदै गरको अवस्थामा ठूलो परिमाणको चल्ला बरामद गरेको हो ।

भारतबाट क्वारेन्टाईन चेक नगरेका अबैध चल्ला जिल्ला भित्रदै गरेको सुचनाका आधारमा जिल्ला ट्राफिक प्रहरीले सदरमुकामको रमाइलो डाँडाबाट बरामद गरेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक राजिव श्रेष्ठले बताए ।

जिपमा पछाटिपट्टी राखिएको अवस्थामा ल्याउदै गरेका चल्ला देखेपछि प्रहरीले गाडी रोक्दा खोज्दा गाडीमा सवार ब्यक्ति भने फरार भएको प्रहरीले जनाएको छ । जिपमार्फत ल्याउदै गरेका नौ काटुन चल्लाको मुल्य झण्डै ५५ हजार रुपैया पर्ने गरेको छ । बरामद गरिएका जिपमा कुखुराको चल्लाको म्याद ७५ दिन नागेको बिल समेत फेला गरेको छ ।

अबैद रुपमा क्वारेन्टाईन चेक नगरिएका कुखुराका चल्ला तथा अण्डाहरु प्रहरीले बरामद गर्ने गरेको छ । बरामद गरिएका चल्ला सरोकारवालाको रोहबरमा बुधबार नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक राजिब कार्कीको रोहबरमा चल्ला नष्ट गरिएको प्रहरीले जनाएको हो ।

उक्त चल्ला भारतबाट सिराहाका लागी ल्याईएको र त्यहाँबाट बिक्रिबितरणका लागी ओखलढुंगा ल्याएको प्रहरीको अनुमान छ । हाल नेपालमा भारतबाट पन्छी जन्य बस्तु तथा अण्डा ल्याउन प्रतिबन्ध छ । तर तस्करीहरुले चोरी निकासी गर्दै भारतबाट चल्ला तथा अण्डाहरु नेपालका विभिन्न शहरहरुमा पु¥याउदै आएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.