पर्यटनमन्त्री सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना

फागुन १५, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर सम्पर्कविहीन भएको छ । सुरक्षा अधिकारीहरुले हेलिकप्टर दुर्घटनामा परेको आशंका गरेका छन् ।

मन्त्री अधिकारी पाथिभरा मन्दिर दर्शन गर्न गएको बताइएको छ । मन्त्री अधिकारीसँगै प्रधानमन्त्री कार्यालयका सचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा लगायत ६ जना रहेको बताइएको छ । हेलिकप्टर दारेडाँडामा रहेको जंगलमा दुर्घटना भएको आशंका गरिएको छ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार जंगलमा आगोको मुस्लो देखिएको छ । आगो देखिएको ठाउँ सदरमुकामाबाट तीन घन्टा टाढा रहेको उनले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.