लोपोन्मुख भाषाससहित नेपालमा बोलिने १२३ भाषाकै शब्दकोश

फागुन १५, काठमाडौं । नेपालमा बोलिने १२३ भाषाकै शब्दकोश बन्ने भएको छ। लोप हुन लागेकाबाट भाषा आयोगले काम थालेको छ। २९ अति लोपोन्मुख र ३७ वटा लोपोन्मुख छन्। आयोग अध्यक्ष डा लवदेव अवस्थीका अनुसार हरेक वर्ष १० देखि १५ भाषाको शब्दकोश निर्माण गर्ने योजना छ। जेरुङ, चाम्लिङ, साम्पाङ, बेलहारे, लेप्चा, आठपहरिया, कुसुन्डा र स्युवाको शब्दकोश बनाइएको छ।

लिङखिम, बज्जिका, छन्त्याल, सन्थाल, भोटे, शेर्पामा काम भइरहेको अधिकृत मनोज पौड्यालले बताए। गत वर्ष हायू, सुरेल, साम्पाङ, बेलहारे, जेरुङ, बोटे, दराई, राउटे, दुरा, कुमाल, ल्होमी, कुसुन्डा, किसान, राजी, व्यासी, राजवंशी, तिलुङ, उराव, सोनाहा, दनुवार, जुम्ली, मेचे, मगहीका शब्द संकलन गरिएको थियो। आयोगले यो वर्ष थप ६ भाषाको शब्द संकलन गरेको छ।

हायू, सुरेल, साम्पाङ, बेलहारे, व्यासी, राजवंशी, तिलुङ, उराव ९कुडुख०, सोनाहा, दनुवार, जुम्ली, मेचे, भोजपुरी, स्युवा, मगही, याक्खा, छन्त्याल, थकालीको वर्णनिर्धारण, शब्द संकलन, भाषिक इतिहास लेखनजस्ता कार्य सम्पन्न भइसकेको छ। स्थानीय तहसँगको समन्वयमा काम गर्न आयोगले विज्ञ समूह गठन गर्छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.