फागुन १४, काठमाडौं । पछिल्लो समय सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ईश्वर मगियाको ‘नहेर म त तीर’ लिएर दर्शकहरु माझ सार्वजनिक भएका छन् ।
मगियाले हालसम्म सार्वजनिक गरेका सांगीतिक कोसेलीहरुमा न्यू ट्यालेन्टस,टच स्पन्द, स्पन्द २, प्रयास, मेरो धुन, लालीमा,म माया, कान्छि,जुनी जुनी मै छैन जस्ता लोकप्रिय सांगीतक रचनाहरु बाहिर ल्याए । त्यस्तै चाहाना, एक्लो जीवन, सफलता जस्ता चर्चित संगीत मार्फत दर्शक एव स्रोताको मन जित्न सफल भएका छन् । उनको नहेर म तीर न जुधाउ आँखा म तिर भन्दै प्रेमी प्रेमिकाबीचको रोचक प्रशंगलाई उठान गरेका छन् ।
मनाङको रमणीय पर्यटकीय स्थलमा अभिनय गरेको गीतको भिडियो पनि अत्यन्तै रोचक देखिएको छ । भिमभेदी गाइज र निरञ्जना तामाङको अभिनय रहेको उक्त भिडियो पवन सुस्सलिङले खिचेका छन् । सपना लम्सालको म्युजिक रहेको गीतको भिडियोको सम्पादन निर्मल लामाले गरेका छन् ।

