फागुन १२, काठमान्डौ । दुवै मृगौला पिडित श्याम कुमार गिरीको उपचारका लागि उनका आफन्ता र साथिहरुले सहयोगको अपिल गरेका छन ।

सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं ८ दुबाचौर निवासी श्याम कुमार गिरीको ३३ वर्षीय उमेरमा दुवै मृगौलाले काम गर्न छोडेको छ ।सामान्य पारिवारिक अवस्थामा रहेको श्यामको जिबनमा ३३ बर्षको उमेरमै कालो बादल छाएको छ । उनी हाल ३३ बर्षको भयो उनको दुवै मृगौलाले काम नगरेको कारण उनी अहिले जिबन मरनको दोसाँधमा आफ्नो कठिन जिबन काठमाडौको अत्तरखेल स्थित मेडिकल कलेजमा दैनिकरुपमा डाईग्लोसिस गराएर जिरहेको छ । ३३ वर्षको उमेरमै त्यस्तो घातक रोगको सिकार भएका श्याम आर्थिक अवस्थाका कारण आफ्नो अमुल्य जिबन समाप्त पर्न चाहन्न त्यसैले त उनिमा सानो आशा पलाएको छ । त्यो हो मृगौला प्रत्यारोपण गरि जिबनलाई निरन्तरता दिने त्यसको लागी उनी अहिले सम्पुर्ण सहयोगी मनहरुमा छाउन बाध्य छन ।

कम्जोर आर्थिक अवस्था रहेको कुमारको मृगौला प्रत्यारोपण बाहेक कुनै विकल्प नरहेको कारण उनिलाई सहयोगको लागी सम्पुर्ण सहयोगी मनहरुलाई उनी लगायत उनका आफन्तहरुले सहयोगको आग्रह गरेका छन ।श्याम कुमार गिरीलाई सहयोग गर्नका लागी सम्पर्क ९८५१०४३८०५,९८०१२३५०२७ ।

