अवैध रुपमा घरमा लुकाएर राखिएको काठ बरामद

फागुन १२, सिरहा । अवैध रुपमा घरमा लुकाएर राखेको काठ बरामद भएको छ ।

सिरहाको लहान नगरपालिका–१८ भदैयाबाट लुकाएर राखेको अवस्थामा प्रहरीले अवैध काठ बरामद गरेको हो । इलाका प्रहरीका कार्यालय लहानले शनिबार स्थानीय स्माइल मियाँको घरमा लुकाएर राखिएको ३० क्युफिट काठ बरामद गरेको हो ।

बरामद गरिएको काठमा २९ थान साल, मुरकुट दुई थान, नौ थान अस्माको र ६ थान सिसौको काठ रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.