फागुन ११, ललितपुर । ललितपुरस्थित बागमती नदीको किनारमा रहेको शंख पार्कमा ‘पार्क पुस्तकालयुको स्थापना गरिएको छ । नेपालमा ‘पार्क पुस्तकालय’ पहिलो पटक स्थापना गरिएको पुस्तकालय व्यवस्थापनमा सक्रिय समाजसेवी विकु लामाले जनाएका छन् ।
ललितपुरको शंखमूलस्थित जगतगुरु आश्रमस्थित शंखपार्कमा पार्क पुस्तकालयको स्थापना गरिएको हो । सो ‘पार्क पुस्तकालय’ को ललितपुर महानगरपालिका वडा ९ का वडाध्यक्ष राजु महर्जनले उद्घाटन गरेका थिए । पुस्तकालय अभियन्ता तथा लेखक विकु लामा, समाजसेवी नवराज आचार्य, भुवनसिंह कुँवर र देवकी अभिलाषीको प्रयासमा उक्त पार्क पुस्तकालय स्थापना भएको आश्रमले जनाएको छ ।
पुस्तकालय उद्घाटनका अवसरमा विकु लामाले समृद्ध समाजको सूचक पुस्तकालय भएको उल्लेख गर्दै शैक्षिक गतिविधि र शिक्षाको स्तरको मापन पुस्तकालयबाटै हुने बताएका थिए । स्वेदश तथा स्वेदशमा रहेका विभिन्न व्यक्तिहरुको सहयोगमा पुस्तकालय स्थापना गर्न सफल भएको उनको भनाइ थियो । उनले यो नेपालकै पहिलो पार्क पुस्तकालय भएको दाबी गरे । आफ्नो वडामा पुस्तकालय स्थापना भएकोमा वडाध्यक्ष महर्जनले खुसी व्यक्त गर्दै आफूसँग भएका पुस्तकहरु पुस्तकालयलाई प्रदान गर्ने बताए । पुस्तकालय सबैका लागि खुला गरिएको छ ।

