नातिनीलाई तरकारीमा हाल्ने विष खुवाएर हत्या गरेको आरोपमा हजुरबुबा र हजुरआमा प्रकाउ

फागुन ९, कञ्चनपुर । कञ्चनपुरमा बुधबार हजुरबुबा र हजुरआमालाई नातिनीलाई विष खुवाएर मारेको आरोपमा पक्राउ गरिएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१० टोटीकी सात वर्षीया बालिका रीतु डगौरालाई मारेको आरोपमा प्रहरी कार्यालय झलारीले मृतकका हजुरबुबा र हजुरआमालाई पक्राउ गरेको हो ।

मृत बालिकाकी आमा ज्योति डगौराले दिएको किटानी जाहेरीका आधारमा ४३ वर्षीया रेशमी डगौरा र ६० वर्षीय भर्थरी डगौरालाई पक्राउ गरिएको हो । मृत बालिकाकी हजुरआमाले नातिनीसँग रिस उठेपछि तरकारीमा हाल्ने बिषादी भातमा हालेर खुवाएको भन्दै आफूबाट गम्भीर गल्ती भएको प्रहरीलाई बयान दिएकी छन ।

दुुवैमाथि ज्यानसम्बन्धी कसुरमा अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धानको सुरु गरेको छ । बालिकाको रगत परिक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ ।

गत माघ २२ गते भात खाएपछि रीतुले लगातार बान्ता गर्न थालेकी थीन । उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । बालिकाले गरेको बान्ता खाँदा पाँच कुखुरासमेत मरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.