फागुन ७, कैलाली । बैतडीमा मंगलवार बिहान करेन्ट लागेर एक विद्युत कर्मचारीको मृत्यु भएको छ ।मृत्यु हुनेमा पाटन नगरपालिका ६ का ५५ बर्षिय भान सिंह खत्री रहेको प्रहरी जानकारी दिएको छ ।
खत्रीलाई मंगलवार बिहान स्थानीय सुर्नयागाड जलविद्युतको विद्युतगृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागर मृत्यु भएको र अहिले प्रहरी टोली घटनास्थलमा पुगिसकेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताए ।

