पेस्तोलसहित एकजना पक्राउ

फागुन ६, काठमाडौं । धनुषाको जनकपुर र सिराहा गोलबजारबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषा जनकपुर उपमहानगरपालिका–२० देवपुरा रुपैठा बस्ने ३२ वर्षीय ईसराफुल खान रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार खानको साथबाट कटुवा पेस्तोल १ थान र २ राउण्ड गोली बरामद भएको छ ।

यस्तै सिराहा गोलबजार नगरपालिका–५ असनपुरस्थित सार्वजनिक पोखरीबाटे प्रहरीले कटुवा पेस्तोल १ थान बरामद गरेको छ । स्थानीयले पोखरीमा माछा मार्ने क्रममा पानीभित्र रातो प्लास्टिकले बेरिएको उक्त पेस्तोल फेला पारी सशस्त्र प्रहरी सुरक्षा बेश गोलबजारमा जानकारी गराएपछि प्रहरीले पेस्तोल बरामद गरेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.