ठूलोगाउँमा ल्होछार कार्यक्रम सम्पन्न, प्राचीनकालको डोमाङ छ्योई सार्वजनिक

प्रारम्भ खबर ।
फागुन ४, काठमाडौं । काभ्रेपाल्चोक जिल्लाको रोशी गाउँपालिका वडा नं. २ ठूलो गाउँमा ६७४ वर्षभन्दा पुरानो डोमाङ छ्योई (पुस्तक) सार्वजनिक गरिएको छ ।

जोक्पा छेन्पो थार्पालिङ गुम्बा समितिद्वारा फागुन २ गते आयोजीत शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमवीच बौद्ध धर्मललम्बीहरुको महत्वपूर्ण ऐतिहासिक डोमाङ छ्योई (पुस्तक) र गुम्बाको म्हाने पनि सार्वजनिक गरिएको हो । तामाङ समुदायको राष्ट्रिय पर्व ल्होछारको अवसरमा आयोजीति सो कार्यक्रममा तामाङ इतिहासकै कथा बोकेको नाम विसुन लोप्चन (लामा गुरु) को छ्योई र तत्कालिन गुम्बाको म्हानेलाई स्थानीय तथा सहभागीहरुले दर्शन गर्ने अवसर पाए । तिब्बतबाट नेपाल आगमन हुने क्रममा ठूलो गाउँलाई विसुन लोप्चन (लामा गुरु)ले बासास्थानको रुपमा स्वीकार गरी बसोबास गर्दै आएको इतिहास छ ।

 

वि.सं. १४०१ सालमा स्थापित थार्पालिङ गुम्बा भत्किएर जीर्ण भएपछि सोही गुम्बाको आस्था र चिनारीका लागि हाल समिति तयारी गरी गुम्बा पुनःनिर्मार्ण गर्न लागिएको समितिका अध्यक्ष भिमबहादुर लोप्चनले जानकारी दिए । उक्त गुम्बाको महत्वपूर्ण धार्मिक ग्रन्थ तथा सामाग्रीहरुलाई संरक्षण गरी परापूर्वकालको इतिहासलाई जीवन्त दिन गुम्बा निर्माणको आवश्यकता रहेको उल्लेख गरे । अहिले ३ तलाको गुम्बा निर्माणका लागि समिति लागि परेको बताउँदै सहयोग गर्न सरकार र स्थानीयवासीहरुलाई आह्वन गरेको छ । गुम्बा निर्माण गर्न १ करोड ३६ लाख २ सय २२ रुपैया खर्च लाग्ने बताए ।

गुम्बाद्वारा आयोजीत सोही कार्यक्रममा बोल्दै प्रमुख अथिति समेत रहेको प्रतिनिधि सभा सांसद गंगा बहादुर तामाङले गुम्बाले तामाङ तथा बौद्र्ध धर्मलम्बीहरुको मात्र नभई रोशी र काभ्रेकै इतिहासको रुपमा पहिचान गराउने भएकोले गुम्बाका महत्वपूर्ण सामाग्रीहरु संरक्षणका साथै गुम्बा निर्माण गर्न आवश्यक रहेको बताए् । गुम्बा निर्माण गर्न सरकार र व्यक्तिगत हिसाबले पनि सहयोग गरिने प्रतिवद्धतता व्यक्त गर्दै समुदायभित्रको संस्कृति, संस्कार र मूल्य मान्यतालाई बचाई राख्न सबैको दायित्व रहेको उल्लेख गरे । सांसद तामाङले आफ्नो निर्वाचन क्षेत्रभित्रका हरेक धार्मिक तथा प्राकृतिक सम्पदाहरुको खोजि गरी संरक्षण र जर्गेना गरी पर्यटनको विकाससंगै आर्थिक परिवर्तनको बाटो अबलम्बन गर्न पनि सबैलाई आग्रह गरे ।

त्यस्तै प्रदेश सांसद चन्द्र लामाले धर्म, संस्कार, भाषा तथा संस्कृतिले अनुशासन र मूल्य मान्यताको विकास गरेको उल्लेख गर्दै समुदायभित्र रहेको हरेक संस्कृतिको जर्गेना गर्दै लैजानुपर्ने बताए । सांसद लामाले पनि सो गुम्बा निर्माणमा प्रदेश सरकारबाट बजेट निकासा गरिदिने प्रतिवद्धतता गरे । सोही वडाका अध्यक्ष पोते लामाले पनि गुम्बा विहारले मानव कल्याण तथा धार्मिक पहिचान झल्किने भएको हुनाले पुनःनिर्माण हुना लागिएको जोक्पा छेन्पो थार्पालिङ गुम्बालाई आफ्नो वडाबाट आर्थिक, भौतिक तथा सामाजिक रुपमा सहयोग गरिने प्रतिवद्धतता व्यक्त गरे । त्यस्तै वडा नं। ३ का अध्यक्ष धनजीत लामाले पनि कार्यक्रममा शुभकामना मन्तव्यसहित उक्त गुम्बा निर्माणमा सबै स्थानीय तथा सरोकारवालालाई सहयोग गर्न आह्वन गर्दै आफ्नो वडा कार्यालयबाट समेत सहयोगको प्रतिवद्धतता गरे ।

गुम्बाद्वारा आयोजीत कार्यक्रममा संविधान सभा सदस्य पूर्व सांसद प्रकाश पाख्रिन, स्थानीय शिक्षक गणबहादुर लामा, धर्मगुरु नवाङ लामा, स्तुप फाउण्डेशन नेपालका अध्यक्ष सूर्य लोप्चन लगायतले गुम्बाको औचित्य तथा ल्होछार पर्वको बारेमा धारणा राखेका थिए भने साँस्कृतिक टोलीबाट मनोरञ्जनात्मक प्रस्तुति समेत राखिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.