स्वास्थ्य विभागका उपसचिव बाबुराम लामिछानेलाई भ्रष्टाचार मुद्दा

फागुन ३, काठमाडौं । स्वास्थ्य सेवा विभागमा कार्यरत उपसचिब बाबुराम लामिछानेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामिछानेविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। लामिछानेले यातायात व्यवस्था कार्यालय गण्डकी अञ्चल पोखरामा शाखा अधिकृतका रुपमा काम गर्दा भाडाका सवारी साधन दर्ता गर्दा नियम विपरित दर्ता गरेको र पुरानो सवारी साधन विस्थापित गर्दा प्रक्रिया नपुर्‍याई विस्थापन गरी नयाँ सवारी साधन दर्ता गरेको आरोप लागेको छ।

उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार सजाय मागदावी गरिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.