चार विद्यार्थी सङ्गठनद्वारा संयुक्त ज्ञापनपत्र

फागुन १, भोजपुर । भोजपुरमा क्रियाशील चार विद्यार्थी सङ्गठनले समसामयिक विषयलाई समेटेर प्रजिअ हिरादेवी पौडेलले ज्ञापनपत्र बुझाएका छन् ।

विद्यार्थी सङ्गठनहरुले आठबुँदे मागसहित ज्ञापनपत्रमा बुझाएका हुन् । उनीहरुले ज्ञापनपत्रमार्फत सरकारी कर्मचारी तथा जनप्रतिनिधिका छोराछोरीलाई विद्यालय शिक्षा अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने माग गरेका छन् ।

त्यस्तै जिल्लामा खाना पकाउने ग्यासको मूल्यवृद्धि भएकाले समायोजन गरिनुपर्ने, यातायातको भाडादर एकरुपता बनाउनेसँग विद्यार्थी वर्गले छुट पाउनुपर्ने, सरकारी नम्बर प्लेटका सवारीको दुरुपयोग रोकिनुपर्ने, डेढ वर्षअघि प्याउलीमा भएको तीन जना बालबालिकाको हत्याका दोषीलाई सार्वजनिक गरी कारवाही गर्नुपर्ने, बजार क्षेत्रलाई नगर मापदण्डअनुसार बनाइनुपर्ने र बजार अनुगमनलाई नियमित गरिनुपर्ने विद्यार्थी सङ्गठनको माग छ । अनेरास्ववियू, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम र विप्लव नेतृत्वको अखिल क्रान्तिकारी गरी चार विद्यार्थी सङ्गठनको ज्ञापनपत्रमा बुझाएका हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.