८४ बर्षिय बृद्धको हत्या गरिएको अवस्थामा शव फेला

माघ २९, इटहरी । सुनसरीको झुम्कामा एक बृद्धको हत्या गरिएको अबस्थामा शव फेला परेको छ । रामधुनी नगरपालिका १ स्थित शिव चौकमा अन्दाजी ८४ बर्षिय नरबहादुर क्षेत्रीको शव घरमा फेला परेको हो ।

बिहान ९ बजे स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको छ । घटनास्थलमा कुकुर प्रयोग गरेर अनुसन्धान भइरहेको बताइएको छ

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.