‘ट्राफिक कम्युनिकेसन एप’बाट सवारी साधनको निगरानी सुरु

माघ २९, रासी । लामो दूरीका सवारी साधनमा अनिवार्य दुई जना चालक राख्नुपर्ने प्रावधान व्यवसायीले नटेरेपछि ट्राफिक प्रहरीले प्रविधिमार्फत त्यसको कार्यान्वयन गर्न थालेको छ । त्यसका लागि पश्चिम नवलपरासीको भुमहीबाट आइतबारदेखि ‘ट्राफिक कम्युनिकेसन एप’ सञ्चालनमा ल्याइएको छ ।

एपमार्फत ट्राफिक प्रहरीले अब लामो दूरीमा सवारी सञ्चालन गर्ने व्यवसायीले एक चालकको भरमा सवारी चलाएको कार्यालयबाटै पत्ता लगाउनेछ । लामो दूरीमा एक चालकले सवारी चलाउँदा थकान बढी हुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले एपमार्फत निगरानी थालिएको प्रहरीको दाबी छ ।

यसले सवारी दुर्घटना न्यूनीकरण तथा प्रभावकारी ट्राफिक व्यवस्थापन हुने विश्वास प्रहरीको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा लामो दूरीका सवारी साधनमा २ चालक अनिवार्य हुनुपर्ने प्रावधान भए पनि प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा दुर्घटना बढेपछि नेपाल प्रहरीले प्रविधिमार्फत नियम पालना गराउन सुरु गरेको प्रदेश ५ प्रहरी कार्यालय दाङका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले बताए ।

प्रहरीका अनुसार एप पहिलो चरणमा पश्चिम नवलपरासीको भुमही,बाँकेको कोहलपुर, काठमाडौंको नागढुंगा र सर्लाहीको कर्मैयाबाटसञ्चालनमा ल्याइएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.