माघ २९, कावासोती । ट्याङ्करले ठक्कर दिँदा पूर्वी नवलपरासीमा गएराती दुई जनाको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गको कावासोतीमा दुध बोकेको बा ३ ख ९१५८ नम्बरको ट्याङकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार ४० वर्षीय युवराज घिमिरे र ३६ वर्षीय पिताम्बर पाठकको ज्यान गएको हो ।
मृतक दुवैको वतन खुलेको छ । उनीहरु दुवैजना मध्यविन्दु नगरपालिकाकाे भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका दुवैजनालाई उपचार गर्न मध्यविन्दु सामुदायिक अस्पताल लैजादौ गर्दा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

