अवैध रुपमा कामदारलाई पैसा असुल्दै म्यानपावर कम्पनी (भिडियो सहित)

माघ २८, काठमाडौं । बैदेशिक रोजगार विभागले सामाखुसीमा रहेको चार्टर्ड ग्लोबल एच आर सर्भिसमा छापा मारेको छ । म्यानपावरले अबैध रुपमा रकम लिन लागेको गुनासो पाएपछि विभाग टोलीले म्यानपावर कम्पनीमा छापा मारेको हो ।

म्यानपावरले दुवईको चाइना पेट्रोलियम इन्जिनियरिंङ कन्स्ट्रक्सन कम्पनीमा लेवर कोटाको लागि प्रतिव्यक्ति १ लाख ५० हजार लिएको गुनासो बैदेशिक रोजगार मोबाइल एपमा आएपछी सोहि सूचनाको आधारमा उक्त म्यानपावरमा छापा मारेको हो । सुर्खेतका दुई युवाले सो गुनासो गरे लगत्तै बैदेशिक रोजगार एप मार्फत श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र बैदेशिक रोजगार विभागको ध्यानाकर्षण भएको थियो । ध्यानाकर्षण लगत्तै विभाग टोलि आइतबार साँझ उक्त म्यानपावरको अनुगमनमा पुगेको थियो तर आइतबार साँझ ढिला भएका कारण म्यानपावर कम्पनी बन्द भएकोले विभाग टोलिले सोमबार म्यानपावरमा छापा मारेको हो ।

आज विभाग टोलि र संचारकर्मी सहित म्यानपावर कम्पनीमा पुग्दा २÷३ जना कर्मचारी बाहेक कोहि थिएन । सूचनाको आधारमा छापा मार्न पुगेको टोलीले म्यानपावर सुनसान जस्तै देखेका थिए तर पछी थाहा भयो कि कामदारलाई कोठा भित्रै राखेर लक गरि रकम अशुली गरिएको थियो । भित्रबाट पैसा बुझाउने कामदारले भित्र रहेको सूचना दिएपछी १ लाख ३० हजार गन्दै गरेका म्यानपावरका एजेन्ट पैसा टेवलमै छाडेर उक्त कोठाबाट बाहिरिएका थिए । आफुहरुलाई भित्र थुनेर पैसा अशुली गरेको र अनुगमन टोली आएको थाहा पाएपछि पैसा लिएको छैन भन्ने बहाना बनाउन गन्दै गरेको पैसा टेवलमै छाडेर बाहिरिएको कामदारहरुले बताएका छन् ।

विभाग टोलि म्यानपावर कम्पनीमा पुगेको जानकारी पाए लगत्तै रकम लिंदै गरेका व्यक्ति पैसा लिएको छैन भन्दै बाहिर निस्केका थिए । १ लाख ५० हजार मागेको म्यानपावरले यसअघि एजेन्ट मार्फत २०÷२० हजार रकम लिईसकेको पीडितले जानकारी दिएका छन् । म्यानपावर कम्पनीबाट डिमाण्डका पुर्व र अन्तिम फाइल, विभिन्न रसिद लगायत नगद १ लाख ३० हजार सहित सामाग्री विभागको अनुगमन टोलीले जफत गरेको छ । साथै रकम लिंदै गरेका कर्मचारी र म्यानपावर संचालकलाई बयानका लागि नियन्त्रणमा लिएर विभाग लगेको छ । विभागले आवश्यक अनुसन्धान गरि पीडितलाई सरकारले तोकेकै रकममा दुवई पठाउने र आवश्यक थप अनुसन्धान गर्ने जानकारी दिएको छ । –साझा सबाल

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.