नेपाल र भारतको खेल आज

माघ २८, काठमाडौं । भारतमा भईरहेको हिरो गोल्डकप महिला पुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल भारतसँग खेल्ने भएको छ । भारतको उडिसामा चलिरहेको खेलमा आज नेपाल र भारत भिड्नेछन । नेपाली समय अनुसार सो खेल साँझ सातबजे तय गरिएको छ । यसअघिको पहिलो खेलमा नेपाली टिमले म्यान्मारसँग खेलेको थियाे ।

पहिलो खेलमा नेपाल म्यन्मारसँग नमारसँग तीन शून्यले पराजित हुन पुगेको थियो । म्यान्मारसँगको हार सँगै नेपाल अंकबिहीन रहेको छ भने विजयी भएको म्यान्मारले तीन अंक जोडेको छ । त्यसैले भारत बिरुद्ध आजको खेल नेपालले जित्नै पर्ने दवाब छ ।

यदी अाज पनि नेपाल पराजित भए नेपालको खेल यात्रा अन्त्य हुनेछ । साफ र ओलम्पिक छनोटको तयारीका लागिलाई लक्षित गरेर भारतले यो प्रतियोगिताको आयोजना गरेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.