नेकपाका सांसदले घरभाडा नलिने

माघ २५, रुपन्देही। प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदले घरभाडा नलिने घोषणा गरेका छन् ।

प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेकाले उनीहरुले भाडा नलिने घोषणा गरेका हुन् । माघ महीनादेखि लागू हुने गरी घरभाडा नलिने निर्णय भएको नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो । सांसदहरूले घरभाडास्वरूप प्रतिमहीना रु १५ हजार बुझ्दै आएका थिए ।

भूमिश्वर ढकाल, भोजप्रसाद श्रेष्ठ, दधीराम न्यौपाने, डा कृष्ण न्यौपाने, कमला विकले हस्ताक्षर गरी प्रदेशसभा सचिवालयमा भाडा नलिने जानकारी गराउनुभएको हो । जिल्लाबाट प्रतिनिधित्व गर्ने थानकुमारी थापा, विमला पन्थी, दीपा विक, सुनिता थटेरलगायत सांसद भाडामा बस्दै आउनुभएको छ । यसअघि एक वर्षसम्म बुझ्दै आएको रकमलाई पनि सङ्कलन गरी कोषका रूपमा राखिने सांसद ढकालले बताउनुभयो । भाडाका विषयमा काङ्ग्रेस सांसदले भने कुनै निर्णय गरेका छैनन् । सतासी सदस्यीय प्रदेशसभामा रूपन्देहीबाट एक मन्त्रीसहित १८ सांसदले प्रतिनिधित्व गर्छन् । –रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.