प्रारम्भ खबर ।
माघ २३,, काठमाडौं । काठमाडौको गोकर्णेश्वर स्थित जगडोलमा रहेको राष्ट्रिय सहिद तथा शान्ति स्मृति पार्क (स्मारक) को चारै तिर व्यवसायिक विज्ञापनले भरिएको छ ।
सार्वजनिक स्थल वा रास्ट्रकै गरौवको साझा सम्पतीमाथी त्यसरी व्यवसायिक प्रचारप्रसारका समाग्री राखेर पार्कलाई नै कुरुप बनाएको छ । पार्कको वरिपरि लगाएको बारतिर विभिन्न शैक्षिक संघसस्था तथा सहकारीहरुको विज्ञापनले पार्कलाई नै अर्थहिन बनाईरहेको छ । पार्कको सार्वजनिक सूचना तथा जानकारी राख्नुको सट्टा त्यस प्रकारको प्रचारक सामाग्री प्रयोग हुँदा पार्कको अस्तित्वमाथी नै प्रश्न खडा भएको छ । पार्क सम्बन्धी जानकारीमुलक सूचनाको ठाउँमा व्यवसायिक विज्ञापनहरुले भरिएपछि पार्क विज्ञापन एजेन्सी रुपमा विकास हुदै गएको छ ।

उक्त विज्ञापन राख्ने अधिकार कस्ले दियो र किन कारवाही भएन भन्ने विषयमा बुझ्न खोज्दा पार्क व्यवस्थापन समितिका अध्यक्ष सुर्दशन सिग्देलले चाडै हटाउँने तर्क दिइएको २ महिना बित्न लाग्दा पनि पार्कको फलामे बारतिर टाँसिएको विज्ञापन तथा व्यानार हटेको छैन् । सोही पार्कको भौतिक संरचनाले पूर्णता नपाएको जस्तै अन्य व्यवस्थापनमा कमजोरी रहेको हाम्रो स्थलगत अनुगमनले पाएको छ ।
राष्ट्रकै गौरवको योजना निर्माणधिन छाडेर अन्य संरचना निर्माणतिर लागिएको जनगुणासोको आधारमा प्रारम्भ खबर टोली त्यसतर्फ पुग्दा पार्कका विषयमा यस पटक भने स्थानीयहरु बोल्न थालेका छन् । उक्त पार्क समयमै नबन्नुको कारण समितिका पूर्व वरिष्ठ उपाध्यक्ष एवम् प्रतिनिधि सभा सांसद कृष्ण राई, पार्क निर्माण अनुगमन मूल्यांकन तथा राजनीतिक संयन्त्रका संयोजक एवम् प्रदेश सांसद रामेश्वर फुयाँल, पार्क निर्माण तथा सचिवलय व्यवस्थापन समितिका सदस्य एवम् पूर्व उपाध्यक्ष गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे रहेको स्थानीयहरुले बताएका छन् ।
मन्त्रालयबाट तलब भत्ता पाउँदा विहान ६ बजेदेखि बेलुका ९ बजेसम्म कार्यालय खोल्ने पार्क व्यवस्थापन समितिका अध्यक्ष सुर्दशन सिग्देल भने हाल तलब भत्ता नपाएपछि १० बजे हाजिर हुने र गैरकानुनी तरिकाबाट नियुक्त गरिएका कर्मचारी राजकुमार केसीलाई बोकेर मन्त्रालयको नाम लिदै अन्य व्यवसायमा हिडेको नाम नखुलाउने शर्तमा एक जनाले बताए । पार्कको निर्माण संरचनालाई पूर्णता दिनुको सट्टा पार्कको कम्पाउण्ड वाल वरिपरी रहेका प्रति जग्गा संरक्षण गर्ने भन्दै गोकर्णेश्वर नगरपालिकाले ३ करोड छुट्याई नापजाँच गर्न अमिन समेत खटाईएको कुरा बाहिर सार्वजनिक भएको छ । पार्क निर्माण अस्तव्यस्त भइरहदा स्मारकमा गुरुयोजना विपरीत ढाकछोप गर्न फूल बगैँचा बनाउने, जथाभावी स्मारक र संग्राहलयलाई कुरुप बनाउने गरी काबडी जस्ताले भार्ने, समुदायिक भवनमा गुणस्तरहिन झ्याल ढोका हाल्ने, पार्कको शौन्र्दय बिगार्ने गरी जथाभावी पसल टहराहरु निर्माण गर्ने जस्ता कार्यहरु फेला परेको छ ।
पार्कमा चलचित्र तथा म्युजिक भिडियो छायांकन, भ्रमण र वनभोजका लागि आउनेहरुलाई अध्यक्ष सिग्देलले आफुखुसी शुल्क वृद्धि गरी नागरिक वडापत्र प्रकाशन गरिएको भएता पनि दैनिक आम्दानीलाई पारदर्शी नबनाएको आरोप छ । शुल्क लिए पनि पार्क भ्रमणमा आउने सार्वसाधारण भने पानी, बत्ति, शौचलयको सुविधा नभएको र रमणीय बाल बगैचा नभएकाले आकर्षण घट्दै गएको त्यहाँ भ्रमणमा आउनेहरु बताउँछन् ।

नेपाल सरकार मन्त्री परिषद्को २०६४ जेठ ११ गते (सामाजिक समिति, २०६४ जेठ २८) को निर्णय वमोजिम तत्कालिन शान्ति तथा पुर्ननिर्माण मन्त्रालय मातहत रहने गरी कुल लागत ४६ करोड ७१ लाख रकम स्वीकृत भई ९ वटा प्याकेजको टेण्डर भई कार्य प्रारम्भ गरिएता पनि १२ वर्षको अन्तरालमा पार्क निर्माण सम्पन्न हुन सकेन । विस्तृत आयोजना प्रतिवेदन कार्यकारी सारांश परियोजना तालिका अनुसार पार्क सञ्चालन आरम्भ २०७१ साल बैशाख मसान्तमा सम्पन्न हुने सम्झौता भए पनि ०७५÷०७६ को आर्थिक वर्षको १० महिना बितिसक्दा कुनै कामको प्रगति आएन ।

